काठमाडौँ, २३ जेठ । काठमाडौँको बिजुलीबजारमा रड बोकेको साइकलमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ
बिहीबार बिहान ४ बजेतिर बा ४१ प ५३६ नम्बरको मोटरसाइकल रड बोकेको साइकलमा पछाडिबाट ठोक्किँदा ललितपुरका ३७ वर्षीय अमरराज ताम्राकारको उपचारको क्रममा बानेश्वरको एभ्रेष्ट अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
उक्त मोटरसाइकल पछाडी सवार काभ्रे पलाञ्चोककी रितु लामाको राष्ट्रिय ट्रमा सेन्टर भद्रकालीमा उपचार भैरहेको छ भने दुर्घटनापछि फरार रहेका साइकल चालकको खोजी भैरहेको प्रहरीले जनाएको छ ।









