समाचार

आज देशैभरिको मौसममा बदली हुने : सतर्क रहन आग्रह



काठमाडौँ, २४ जेठ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशैभरिको मौसममा बदली हुनेछ ।

देशका पूर्वी भूभागमा सामान्य बदली रहने तथा मध्य र पश्चिमी भू भागका स्थानहरूमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी पहाडी भु(भागका थोरै स्थानहरु र मध्य तथा पुर्वी भु-भागका केही स्थानहरुमा मेघ गर्जनसहित वर्षा हुने बताइएको छ ।

हावाहुरी समेत चल्ने भएकाले सतर्क रहन मौसमविद्हरुले सचेत गराएका छन् ।