कैलाली, २४ जेठ । बिहीबार साँझ आएको हावाहुरीले सुदूरपश्चिम प्रदेशका दुई जिल्ला कैलाली र कञ्चनपुरमा आएको भीषण हावाहुरीले दुईको मृत्यु भएको छ ।
हावाहुरीबाट गोदावरी नगरपालिका, कैलालीका वीरबहादुर चौधरीको ज्यान गएको प्रहरीले जनाएको छ । त्यस्तै, टीकापुरमा पोल्ट्री फर्मको वाल भत्किँदा लहानु चौधरीको मृत्यु भएको छ ।
बिहीबार साँझ ८ बजेतिर आएको हावाहुरीमा परि कञ्चनपुरमा पुरुष ३, महिला ८, बालक ५ र बालिका ५ जना गरि जम्मा २१ घाइते भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । यस्तै कैलाली आसपासमा जम्मा ३० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । १०० भन्दा बढी घाइते भएका छन् ।
घाइतेहरुको धनगढीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उनीहरु मध्ये केहीको अवस्था गम्भीर छ । घाइतेहरुको अहिले सेती अञ्चल अस्पताल र महाकाली अञ्चल अस्पतालमा उपचार भईरहेको छ ।
हावाहुरीले रुखहरु ढलेका छन् भने सयौं घरका छानाहरु उडाएको छ, बिजुलीको पोल ढालेर विद्युत सेवा अवरुद्ध भएको छ । जिल्लास्थित सुरक्षा निकायले क्षतिको विवरण संकलन गरिरहेको र उद्धारमा जुटेको छ ।
रातको समय भएकाले अन्य क्षतिको विवरण भने आउन सकेको छैन । अहिले हावाहुरी रोकिएको छ ।










प्रतिक्रिया दिनुहोस्