विश्व

भारतमा भिषण हावाहुरी, वर्षा तथा चट्याङ : १८ जनाको मृत्यु



एजेन्सी, २४ जेठ । भारतको उत्तर प्रदेशमा आएको हावाहुरीसहितको भिषण वर्षा र चट्याङका कारण १८ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मैनापुरीमा ६ जना, एटा र कासगंजमा ३–३ जना तथा मुरादाबाद, महोबा, हमीरपुर, फरुखाबाद, जालौन र बदायुंमा १–१ जना रहेका छन् ।

बिहीबार दिनभर प्रचण्ड गर्मी भएको र साँझ ७ बजे एक्कासी मौसम परिवर्तन भई हावाहुरी चलेको भारतीय अधिकारीले जनाएका छन् । हावाहुरीपछि धेरै ठाउँमा विद्युत सेवा अवरुद्ध भएको छ । हावाहुरीका कारण घरहरु भत्किँदा ५० जना भन्दा बढी घाइते भएको अधिकारीहरुले जनाएका छन् ।