Banner News

शत प्रतिशत जनसंख्यालाई आधारभूत स्तरको खानेपानी सेवा पुर्याउछौं : मन्त्री मगर



दाङ, २४ जेठ । खानेपानी मन्त्री बिना मगरले शत प्रतिशत जनसंख्यालाई आधारभूत स्तरको खानेपानी सेवा पु–याउन सरकार योजना बनाएर अघि बढीरहेको बताउनुभएको छ ।

खानेपानी तथा सरसफाई डिभिजन कार्यालय घोराही दाङको आयोजना तथा जिल्ला खानेपानी सञ्जाल दाङको सह–आयोजनामा तुलसीपुरमा भएको खानेपानी संचालन तथा सुरक्षा योजना सम्बन्धी दुईदिने अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मगरले सन् २०३० सम्ममा जनतालाई प्रशोधित स्वच्छ खानेपानीको सेवा पु– याउने योजनामा मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभएको हो ।

दाङ लगायत देशै भरीका विभिन्न सुख्खा क्षेत्रहरुमा खानेपानीका केही ठूला आयोजनाहरुको बारेमा अध्ययन गरिरहेको मन्त्री मगरले जानकारी दिनुभयो । मन्त्री मगरले भन्नुभयो, ‘प्रदेश र स्थानीय सरकारसँग मिलेर केन्द्र सरकारले ठूला आयोजना अगाडि बढाउन र त्यसका लागि लगानी जुटाउने विषयमा मोडालिटीको बारेमा छलफल भैरहेको छ । सरकारले शिक्षा, स्वास्थ्य र खानेपानीलाई पहिलो प्राथमिकता दिएर बजेट विनियोजन गरेको छ, जुन आफैंमा अति महत्त्वपूर्ण कुरा हो ।’