समाचार

सुदूरपश्चिमका पहाडी जिल्लामा विद्युत अवरुद्ध



डडेल्धुरा, २४ जेठ । सुदूरपश्चिमका ७ पहाडी जिल्लामा बिहीबार साँझदेखि विद्युत सेवा अवरुद्ध भएको छ ।

बिहिबार साँझ आएको भीषण हावाहरीको कारण रुख तथा पोल ढले पछि बिजुली अवरुद्ध हुँदा डडेल्धुरा, बैतडी, डोटी, दार्चुला, बझाङ, अछाम र बाजुरा जिल्लाका नागरिक समस्यामा परेका छन् ।

अहिले पहाडी जिल्लामा वितरण गरिएका सबै प्रसारण लाइन बन्द भएको विद्युत प्राधिकरण वितरण केन्द्र डडेल्धुराले जनाएको छ । कति ठाँउमा पोल ढेलेको भन्ने एकिन नभएको हुँदा कति समयसम्म विद्युत अवरुद्ध हुन्छ भन्ने निश्चित नभएको जनाएको छ ।