राजनीति

गुणस्तरीय सेवा प्रदान गरेमा मात्र प्रतिस्पर्धा अब्बल हुन्छ : मुख्यमन्त्री राई



विराटनगर, २४ जेठ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले जनतालाई विश्वको नवीन प्रविधिको प्रयोग गरी गुणस्तरीय सेवा प्रदान गरेमा मात्र प्रतिस्पर्धा अब्बल हुने बताएका छन् ।

शुक्रबार विराटनगरमा नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी सङ्गठन (आधिकारिक ट्रेड युनियन) क्षेत्रीय समिति विराटनगरको एकता अधिवेशनको उद्घाटन गर्दै मुख्यमन्त्री राईले दुर्गम क्षेत्रका जनतामा प्रभावकारीरुपमा दूरसञ्चार सेवा पु¥याउनुपर्ने बताएका छन् ।

मुख्यमन्त्री राईले सङ्घ, प्रदेश र स्थानीय निकायको एउटै लक्ष्य देश विकास गरी ‘समद्ध नेपाल सुखी नेपाली’को नारालाई सफल पार्न सहकार्य र हातेमालो गरी हिँड्नु आजको आवश्यकता भएको बताए ।

मुख्यमन्त्री राईले संस्थानले सेवाग्राहीप्रति उत्तरदायी भई संस्थाभित्रको विसङ्गति तथा विकृति हटाई सुशासन कायम गरी सेवा प्रभाव गर्नुपर्नेमा जोड दिँदै सगरमाथा, मकालु, कञ्जनजङ्घा हिमालको फेदीसम्ममा आफ्नो सेवा विस्तार गर्न संस्थालाई आग्रह गरेका छन् ।