समाचार

बस र मोटरसाइकल ठोक्कियो : चार जना गम्भीर घाइते



मोरङ, २५ जेठ । विराटनगरबाट भोजपुरको लागि छुटेको बसले मोटरसाइकललाई ठक्कर दिँदा ४ जना गम्भीर घाइते भएका छन् ।

आज विहान ५ बजे विराटनगरबाट भोजपुर जाँदै गरेको को १ ख ३८०५ नम्बरको बसमा दुईवटा मोटरसाइकल ठोक्किएका हुन् । को २१प ४३२४ र स८प २११७ नम्बरको मोटरसाइकलमा सवार ४ जनाको अवस्था नै गम्भीर रहेको इलाका प्रहरी कार्यालय नेमुवाले जनाएको छ ।

घाइतेको अवस्था गम्भीर रहेको र उनीहरुको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । घाइतेहरुको विराट मेटिकल कलेजमा उपचार भैरहेको छ ।