काठमाडौँ, २५ जेठ । काठमाडौँको माइतीघरमा कार र मोटरसाइकल दुर्घटना हुँदा एक जनाकोमृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
शुक्रबार राति बा १७ च ४३८४ नम्बरको कारमा बा ७२ प ९५७१ नम्बरको मोटरसाइकल ठोक्किँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक काठमाडौँ नयाँ बानेश्वरका २३ वर्षीय आयुषराज पाण्डेको उपचारका क्रममा नर्भिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकलमा पछाडि बसेका तेह्रथुम घर भई नयाँ बानेश्वर बस्ने २२ वर्षीय सन्तोष भण्डारी घाइते भएका छन् । उनको नर्भिक अस्पतालमा उपचार भैरहेको छ । कार चालकलाई नियन्त्रणमा लिइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्