काठमाडौँ, २५ जेठ । आज शनिबार आयोजना हुने निर्वाचनले संघमा चुनावी माहोल छाएको छ । अध्यक्ष पदमा रविन्द्र खड्का र सरिता लामिछानेले उम्मेदवारी दिएका छन् ।
अध्यक्षको प्रत्याशी द्वयले आ–आफ्नो एजेण्डा सार्वजनिक गरिसकेका छन् ।
रविन्द्र खड्का
चलचित्र कलाकार संघको भवन निर्माण गर्ने ।
कलाकारलाई पेन्सनको व्यवस्था गर्ने ।
कलाकारको वर्गिय हक हित र सुरक्षा आफ्नो पहिलो प्राथमिकता राख्ने, कलाकारको आर्थिक सम्बृद्धीका लागि विशेष कार्यक्रम संचालन गर्ने ।
समाजिक सुरक्षाको घेरामा कलाकारलाई ल्याउन, वृद्ध र अशक्त कलाकारका लागि आर्थिक स्तरोन्नतीको कार्यक्रममा पहल गर्ने ।
पारिश्रमिक पुरा नपाएका कलाकारको हकका लागि विशेष व्यवस्था गर्ने ।
कलाकर्मीहरुको वरिष्ठताक्रम निर्धारण गर्ने, कलाकार संघलाई सातै प्रदेशमा पहुँच पुर्याउने ।
सरिता लामिछाने
आफ्नो प्राथमिकतामा नेपाल चलचित्र कलाकार संघलाई सम्पूर्ण कलाकारको छाता संगठन बनाउने प्रयास गर्ने ।
संघको परिचयपत्रलाई राष्ट्रिय मान्यता दिलाउने, कलाकार कल्याण कोषको वृद्धिगरी यसको कामलाई बृहत बनाउने ।
कलाकारहरुको क्षमता अभिवृद्धिका निम्ति कार्य गर्ने ।
कलाकार संघको आफ्नै भवन निर्माण गर्ने लगायतका कुराहरु समावेश गरेकी छन् ।
कलाकार प्रति संघ उत्तरदायी हुनुपर्ने । संघमा हिजोको पुस्ता पनि हुनुपर्छ र आजको पुस्ता अनि भोलीको पुस्ता पनि हुनुपर्नेमा उनको जोड रहेको छ ।
कलाकार संघका चुनावका अन्तिम नामावलीः
अध्यक्ष
सरिता लामिछाने
रविन्द्र खड्का
उपाध्यक्ष
मनोज केसी
सानु कुमार ताम्राकार
विनोद कुमार भट्टराई
रेजिना उप्रेती
महासचिव
चेतबहादुर सिंह
संजय खतिवडा
सचिव
कविता गेलाल शर्मा
राजकुमार शाह
पनाह अधिकारी
कोषाध्यक्ष
सुनिल कटुवाल (निर्विरोध)
सह–कोषाध्यक्ष
धनबहादुर बम्जन
पवित्रा आचार्य
सदस्य
श्यामकृष्ण श्रेष्ठ
धनराज केसी
लक्ष्मण चौलागाइँ
गोपाल ढकाल
शीतल केसी
जिके श्रेष्ठ
सुदर्शन आचार्य
धर्मानन्द आचार्य
किशोर भण्डारी
रोहित रुम्बा
जयकिसन बस्नेत
पवनप्रसाद खतिवडा
उद्धवप्रसाद भट्टाराई
शारदा नेपाल
माधव पौडेल
राजेन्द्रकुमार विसुराल
जीवन थापा










प्रतिक्रिया दिनुहोस्