ललितपुर, २५ जेठ । तराई बिकास तथा संचार केन्द्र, नेपालको आयोजना तथा नेपाल दुरसंचार प्राधिकरणको सहकार्यमा कुपोन्डोलस्थित होटल हिमालयमा शुक्रवार सूचना प्रबिधिको प्रयोग र उपभोक्ता अधिकार बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रमको सभापती तराई बिकास तथा संचार केन्द्र, नेपालका अध्यक्ष गोबिन्द प्रसाद चौलागाईं हुनुहुन्थ्यो भने कार्यक्रमको प्रमुख अतिथि संसदिय बिकास तथा सूचना प्रबिधी समितिका सभापति कल्यानी खड्का हुनुहुन्थ्यो ।
कार्यक्रममा संसदिय बिकास तथा सूचना प्रबिधी समितिका सभापति कल्यानी खड्काले दुरगम क्षेत्रमा संचारको बिकासको लागि राज्यले, सेवाप्रदाय सबैले आ(आफ्नो ठाँउबाट सहयोग गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । यसैगरी उहाँले आफू सभापति रहेको विकास समिती सबैको साथी भएको बताउँदै सूचना प्रविधिले सबैखाले समुदायमैत्री बनाउन यो समिति लागिरहने पनि बताउनुभयो ।

उहाँले अब बन्ने हरेक आयोजनाहरुमा यो सरकारले दीर्घकालीन गुरुयोजना बनाएर अत्यन्त जिम्मेवार र गम्भीर भएर लाग्नु पर्ने पनि बताउनुभयो । पूर्व तयारी बिना गरिने काम समयमा नसकिने, कति समय टीक्ने केही भन्न सकिदैन उहाँले बताउनुभयो । यसैगरी उहाँले प्रबिधिको बिकास छिटो-छिटो गर्नुपर्ने, अनुगमनलाई प्रभावकारी बनाउनुपर्ने, कार्यनयन गर्नुपर्ने र प्रयोगकर्ताहरुलाइ सेवा दिनकालागी उत्कृष्ट नितिनियम बनाउनुपर्नेमा पनि जोड दिनुभएको थियो ।
सूचना तथा प्रबिधि मन्त्रालयका महाशाखा प्रमुख वीरेन्द्र कुमार मिश्र, नेपाल दुरसंचार प्राधिकरणका निर्देशक अर्जुन घिमिरे, नेपाल सडक बिभागका डिजि केशव कुमार शर्मा, काठमाडौँ विश्वविद्यालयका सूचना प्रबिधि प्रमुख डा. मनिष पोखरेल, पुल्चोक इन्जिनियरीङ क्याम्पसका प्रा।डा। सुबर्ण शाक्य, क्यानका बरिस्ठ उपाध्यक्ष नबराज कुवर, आइसप्यानका अध्यक्ष भोजराज भट्ट र प्रबिधि बिज्ञ दिलिप अग्रवाल लगाएतले आ(आफ्ना धारणाहरु राख्नुभएको थियो ।
कार्यक्रममा प्रधानमन्त्री ९केपी ओलि ०का प्रेस सल्लाहकार डा। कुन्दन अर्याल, सूचना तथा प्रबिधि मन्त्रालयका महाशाखा प्रमुख वीरेन्द्र कुमार मिश्र, नेपाल सडक बिभागका डिजि केशव कुमार शर्मा, काठमाडौँ विश्वविद्यालयका सूचना प्रबिधि प्रमुख डा। मनिष पोखरेल, पुल्चोक इन्जिनियरीङ क्याम्पसका प्रा।डा। सुबर्ण शाक्य, आइसप्यानका अध्यक्ष भोजराज भट्ट, क्यानका बरिष्ठ उपाध्यक्ष नबराज कुँवर र सिआइबी प्रहरिका तर्फबाट डिएसपी खुमलाल भुसाल लागायतका हुनुहुन्थ्यो ।
कार्यक्रमको सभापती तराई बिकास तथा संचार केन्द्र, नेपालका अध्यक्ष गोबिन्द प्रसाद चौलागाईंले कार्यक्रमको औचित्यमाथी प्रकाश पार्नुभएको थियो । त्यस्तै नेपाल दुरसंचार प्राधिकरणका निर्देशक मीन प्रसाद अर्यालले प्राधिकरणका तर्फबाट आफ्नो कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको संचालन दुर्गा प्रसाद चौलागाईंले गर्नुभएको थियो ।










प्रतिक्रिया दिनुहोस्