म्याग्दी , २५ जेष्ठ । राष्टिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले हिन्दू धर्म स्थापनाका लागि सहयोग गर्छौँ भन्ने बाहनामा नेपालको आन्तरिक मामिलामा कसैले हस्तक्षेप गर्न खोज्छ भने पनि राप्रपालाई त्यो सैह्य नहुने बताउनुभएको छ ।
राष्ट्रिय स्वाभिमान यात्राको क्रममा शनिवार म्याग्दीको सदरमुकाम बेनीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष थापाले राजतन्त्र र हिन्दू धर्म पुनस्थापनाको अभियान आन्तरिक मामिला भएकाले छिमेकी राष्ट्र भारतबाट समेत यसमा कुनै चासो देखाउन नहुने तर्क राख्नु भयो । उहाँले राजतन्त्र र हिन्दू धर्म पुर्नस्थापना गर्न विदेशीको सहयोग आवश्यक नरहेको प्रष्ट पार्नुभएको छ ।
उहाँले धर्मनिरपेक्षताको नाममा देशमा विखण्डन बढेको र राप्रपाले नेपाललाई हिन्दू राज्य कायम गराइ छोड्ने उद्देश्यले राष्ट्रिय स्वाभिमान यात्रा अभियान सञ्चालन गरिएको बताउनुभयो ।










प्रतिक्रिया दिनुहोस्