राजनीति

प्रधामन्त्री रोजगार कार्यक्रमबाट भक्तपुरमा प्रतिपक्षीको निद हराममात्र हैन ज्वरो नै आयो : प्रमुख थापा



भक्तपुर, २६ जेठ । सूर्यविनयाक नगरपालिकाका प्रमख बाशुदेव थापाले ऐतिहासिक प्रधानमन्त्री रोजगार कार्यक्रम देखेर भक्तपुरमा प्रतिपक्षी दलको निद हराममात्र नभई ज्वरो नै आएसँगै मिडियावाजी गर्न व्यस्त रहेको बताउनुभएको छ ।

जेठ २४ गते भक्तपुरमा भएको प्रधानमन्त्री रोजगार कार्यक्रममा चार वटा सबै नगरपालिकालाई आयोजक बनाइएको थियो । कार्यक्रमको तयारीको सिलसिलामा मन्त्री गोकर्ण बिष्टले श्रम मन्त्रालयमा आयोजना गरेको बैठकमा भक्तपुरका सांसद महेश बस्नेत सूर्यबिनायकका प्रमुख बाशुदेब थापा मध्यपुर ठिमीका प्रमुख मदन सुन्दर श्रेष्ठ र उपप्रमुख अन्जना देबी मधिकर्मी, चाँगुनारायणका प्रमुख सोम मिश्र र उपप्रमुख विना बाँस्तोला उपस्थित हुनुभएको सूनपा प्रमुख थापाले जानकारी दिनुभयो ।

प्रमुख थापाले एभरेष्ट मिसनसँग कुरा गर्दै भन्नुभयो, ‘जेठ २० गते भएको बैठकमा भक्तपुर १ का सांसद प्रेम सुवाल र मेयर सुनिल प्रजापती उक्त बैठकमा आउन नभ्याउने जानकारी दिएर आउनु भएन । भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एमलाल अधिकारीले मेयरले पठाउनुभएको भनेर उपस्तिथ हुनुभयो । कार्यक्रमको आयोजनामा पूर्ण समर्थन गरेर प्रमुख प्रशासकीय अधिकृत फर्किनुभएको थियो ।’

कार्यक्रमको तयारीको सिलसिलामा सांसदहरु र नगरपालिका प्रमुखहरुको भिडियो सन्देश लिइयो । सबै जनाले रेकर्ड गर्नुभयो तर पटक पटक तागेता गर्दा पनि प्रेम सुवाल र सुनिल प्रजापातीले टार्ने मात्र काम गर्नुभएको प्रमुख थापाले बताउनुभयो ।

ऐतिकासिक भव्य तयारीको शिलसिलामा ब्यानरमा फोटो राख्ने कुरा भयो तर उहाँहरुले कुनै चासो नदिएको प्रमुख थापाले बताउनुभयो । कार्यक्रमका संयोजक समेत रहनुभएका प्रमुख थापाले भन्नुभयो, ‘प्रचार प्रसारको दैरानमा सबैको फोटो आउँदा पनि उहाँहरुको नआएपछि हामीले व्यवस्थापन कै श्रोतबाट फोटो संकलन गरी व्यानरमा राखिएको र प्रचार प्रसारलाई तिव्रता दिने क्रममा ब्यानर राख्ने क्रम सुरुभयो । प्रेम सुवाल स्वयम् र सुनिल प्रजापतिको सचिबालयको तर्फबाट फोन गरी हामी प्रतिपक्षी हौं, सरकारको उक्त कार्यक्रममा हाम्रो कुनै सहभागीता हुँदैन । त्यो फोटो तुरुन्तै हटाउनुस नत्र साइबर ल अनुसार मुद्धा हाल्छु भन्ने अभिव्यक्ति दिएपछि हामीले आयोजक सबै नगरपालिकाका प्रमुखहरुसँग सल्लाह गर्दा प्रतिपक्षीको सोही इच्छा छ भने हटाउनुपर्छ भन्ने सल्लाह भए अनुसार सांसद सुवाल फोटो हटाइएको हो ।’

प्रमुख थापाले भन्नुभयो, ‘सुनिल जीको सन्दर्भमा मेयरहरु प्रतिपक्ष हुँदैन भन्ने भयो र उहाँको कुनै प्रतिक्रिया पनि आएको थिएन ।’ कार्यक्रम धेरै भब्य भएकोमा नेमकिपाको टाउको दुखाई भएको र केही आफ्ना खाल्का कथित अनलाइन पत्रीकामा महेश बस्नेतले सुनिल प्रजापतीको फोटो हटाउन लगाए भन्ने अनर्गल प्रचार गर्न थालेको बताउँदै प्रमुख थापाले भन्नुभयो, ‘काग कराउँदैछ पिना सुक्दै जान्छ । यस्तो श्याल हुइँयाको कुनै अर्थ छैन । प्रधानमन्त्री रोजगार कार्यक्रमले भक्तपुर मात्र होइन सिगों देशमा रक्त संचार गरेको छ ।’