रसुवा, २६ जेठ । रसुवा र नुवाकोटमा उत्पादन हुने विद्युत् जोड्नका लागि निर्माण गरिएको त्रिशूली – मातातीर्थ २२० केभी प्रसारण लाइनको आइतबार ‘ओभर हेड टेष्ट’ गरिने भएको छ ।
ओभरहेड टेष्ट गरेपछि प्रसारण लाइन पूर्ण रूपमा सञ्चालनमा आउने छ । यसअघि प्रसारण लाइनको चार ओटै सर्किटको केबल टेष्ट गरिएको थियो । प्रसारण लाइन सञ्चालनमा ल्याउनु अघि केबल टेष्ट गरिन्छ । यो परीक्षणले प्रसारण लाइनको कमी कमजोरी पहिल्याउने छ ।
थ्रीबी हबदेखि मातातीर्थ सबस्टेसनसम्म ४५ किलोमिटर दूरी रहेको छ । जसमा पावर हाउस ९सिम्ले० देखि थ्रीबी हबसम्म १३२ केभी, थ्रीबी हबदेखि बाँडभञ्ज्याङसम्म २२० केभी डबल सर्किट र बाँडभञ्ज्याङदेखि मातातीर्थसम्म २२० केभी फोर सर्किट प्रसारण लाइन निर्माण गरिएको छ ।
प्रसारण लाइन निर्माण गरिएपछि माथिल्लो त्रिशूली थि ‘ए’ ले उत्पादन गरेको ३० मेगावाट विद्युत् जोडेर परीक्षण गरिएको थियो ।










प्रतिक्रिया दिनुहोस्