काठमाडौँ, २७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशभित्र र बाहिरका सबैको साथ र विश्वास आवश्यक रहेको बताएका छन ।
आइतबार साँझ संयुक्त राष्ट्रसंघ तथा अन्य अन्तरराष्ट्रिय संगठनका लागि जेनेभास्थित नेपाली स्थायी नियोगले गरेको स्वागत समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले सबै नेपालीको साथ र सहयोग लिएर देश विकासलाइ तीव्ररूपमा अघि बढाउने अभिभारा वर्तमान सरकारले ग्रहण गरेको बताएका छन्।
प्रधानमन्त्री ओलीले विगतमा ठूलो संघर्ष तथा संविधान निर्माणको अगुवाइ लिएर आएको अहिलेको सरकार यो जिम्मेवारीप्रति सचेत रहेको बताउदै लामो बलिदानपूर्ण संघर्षपछि जनताले ठूलो विश्वास यो सरकारलाइ सुम्पेकोले सुशासन र तीव्र आर्थिक वृद्धि नै सरकारको मुख्य ध्येय रहेको बताए ।
उनले भने, ‘जनताको विश्वासलाई मर्न नदिई प्रविधिको प्रयोग गरेर देशलाई सुशासन र आर्थिक गतिका साथ अगाडि बढाउन देशभित्र र बाहिर रहेका सबैको साथ, सहयोग र विश्वास आवश्यक छ।’
गैरआवासीय नेपाली नागरिक संगठन स्वीट्जरल्याण्डका अध्यक्ष मणिराज गुरुङसहितका वक्ताले समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य साकार पार्ने प्रयास गर्दै मातृभूमिको सेवा र निकटतालाई प्रवासमा रहेका नेपालीले निरन्तरता दिन चाहेको बताए ।










प्रतिक्रिया दिनुहोस्