भक्तपुर, २७ जेठ । भक्तपुरबाट अवैध रुपमा जुवातास खेलिरहेको ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
आइतबार साँझ भक्तपुर नगरपालिका—५ कमलबिनायकबाट अवैध रुपमा जुवातास खेलिररहेको अबस्थामा चुनापट्टी गाउँपालिका—४ घर भएका ४९ वर्षीय डम्बर बहादुर लामाको खाजा पसलबाट लामासहित ६ जना पक्राउ परेका हुन् ।
पक्राउ परेका उनीहरुको साथबाट नगद ६ हजार २ सय ९० रुपैयाँ र १ बुक तास प्रहरीले बरामद गरेको छ ।
उक्त घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्