राजनीति

बजेट कार्यान्वयनको बिधि र प्रक्रियालाई समयसापेक्ष परिवर्तन गर्न आवश्यक : सभामुख महरा



काठमाडौँ, २८ जेठ । सभामुख कृष्ण वहादुर महराले बजेट कार्यान्वयनको बिधि र प्रक्रियालाई समयसापेक्ष परिवर्तन गर्न आवश्यक रहेको बताएका छन ।

सोमबार काठमाडौँ नेपाल बुद्धिजिवि संगठनले आयोजना गरको आर्थिक बर्ष २०७६र७७ को बजेट र कार्यान्वयन पक्ष बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले  संघीयताको मर्म र भावना अनुरुप बजेट कार्यान्वयन गर्नका लागी यसको बिधि र प्रक्रिया परिवर्तन गर्नुपर्ने बताएका हुन ।

सभामुख महराले तिपय दिर्घकालीन र अल्पकालीन आयोजनाहरुको निर्माण समयमा नै सम्पन्न नहुदा पूँजीगत खर्च थप बढ्ने देखिएको बताउदै आर्थिक बर्षको अन्तिम समयमा धेरै पूँजीगत खर्च हुँदा त्यसअघिको समय पूँजी परिचालन हुन नसक्ने र यसले समग्र बजेटमा असर पर्ने बताए ।