पोखरा, २८ जेठ । पोखरामा भ्यानको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।
पोखराको इन्द्रचोक नजिक बा १४च ५८१२ नम्बरको भ्यानले ग८प १९१४ नम्बरका स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक काभ्रे जिल्ला घर भएका २० वर्षीय कृष्णप्रसाद चौलागाईंको मृत्यु भएको हो ।
भ्यानको ठक्करपछि घाइते भएका चौलागाईंलाई उपचारका लागि जिल्ला अस्पतालमा पुर्याए पनि अस्पतालमा पुर्याउने वित्तिकै चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्