काठमाडौँ, २८ जेठ । गृहमन्त्री राम बहादुर थापाले आइतबार माइतीघर मण्डलामा भएको धरपकडको नैतिक जिम्मेवारी सरकारले लिने बताएका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै गृहमन्त्री थापाले सवारी आगमनमा अवरोध गरेकाले गुठी विधेयकको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि सामान्य बल प्रयोग गरेको स्विकारेका छन् ।
गृहमन्त्री बादलले घटनाको नैतिक जिम्मेवारी लिने बताउदै उनले भने, ‘सरकारले नैतिक जिम्मेवारी लिन्छ । जे कमी कमजोरी भएको छ, त्यसको छानविन हुनुपुर्छ । महानरीय प्रहरीले छानविन पनि गरिरहेको छ ।’
प्रर्दशनकारीले सार्वजनिक आवागमनलाई अवरोध गरेकाले प्रहरीले सामान्य बल प्रयोग गरेको बताउदै उनले भने, ‘शान्ति पुर्ण रुपमा विरोध प्रर्दशन गर्न पाइन्छ तर प्रहरीलाई सुरक्षाकर्मीलाई ढुंगा हान्ने, ईट्टा हान्ने र उनीहरुको मुखलाई क्षतविक्षत गर्ने अधिकारलाई हामी लोकतान्त्रिक अधिकार त भन्दैनौं ।’
प्रदर्शनका क्रममा कानुन विपरित बल प्रयोग गर्ने र अभ्रद व्यवहार गर्ने सुरक्षाकर्मीमाथि कारवाही गरिने प्रष्ट पारेका छन् ।










प्रतिक्रिया दिनुहोस्