एजेन्सी, २९ जेठ । मेक्सिकोको दक्षिण पश्चिममा एक जना पत्रकारको हत्या भएको छ ।
मङ्गलबार टाबास्को होए नामको अखबारमा विगत १५ वर्षदेखि संवाददाताका रुपमा काम गर्दै आएका नोर्मा साराबीयाको हत्या भएको मेक्सिको प्रहरीले पुष्टि गरेको छ ।
सन् २००० यताका १९ वर्षमा मेक्सिकोमा झण्डै १०० पत्रकारको हत्या भइसकेको छ । टाबास्को राज्यका अरु सञ्चार माध्यममा समेत कार्य रहेकी ति पत्रकार यसै वर्ष मेक्सिकोमा हत्या गरिएका मध्ये छैटौं पत्रकार हुन् ।
प्रतिक्रिया दिनुहोस्