काठमाडौँ, ३० जेठ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले नेपालको सन्दर्भमा ‘समृद्ध नेपाल, सुखी नेपाली’को मूल लक्ष्य लिएर सरकार अगाडी बढिरहेको बताएकी छन ।
बुधवार काठमाडौँमा अखिल नेपाल किसान महासंघले आयोजना गरेको दक्षिण एशिया लैंगिक संवेदनशील मूल्य श्रृंखला सम्बन्धी दक्षिण एशियाली क्षेत्रीय परामर्श कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री अर्यालले समृद्ध नेपाल बनाउन सबैखाले गरिबीको अन्त्य गर्नुपर्ने बताएकी छन ।
उनले भनिन, गरिवी निवारण सबै क्षेत्रसंग सम्बन्धित विषय भएको हुनाले सरकार, सहकारी र निजी तथा गैरसरकारी विकास साझेदारहरुसँग समन्वय र एकिकृत प्रयासबाट गरिवी निवारणका चुनौति पार गर्न सकिने कुरामा विश्वस्त छौं ।’
विश्व भरनै लैंगिक विभेद र असमानता कायम रहेको बताउदै महिलाहरुको शसक्तिकरण र लैंगिक समानता नै खाद्य कृषी संगठनको समग्र लक्ष्य गरिवी न्यूनिकरण तथा खाद्य सुरक्षाको मर्म हुने बताएकी छन ।










प्रतिक्रिया दिनुहोस्