काठमाडौँ, ३० जेठ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले देशभित्रै उद्यमशीलताको विकास गरेर मुलुकलाई समृद्धिको अभियानमा अघि बढाउन आह्वान गरेका छन ।
बुधबार ललितपुरमा ‘सानो पाईला’ नामक संस्थाले सञ्चालनमा ल्याएको ‘काश्य ज्वेलरी’ शोरुमको उद्घाटन गर्दै प्रवक्ता श्रेष्ठले मुलुकभित्रै रहेको पूँजी परिचालन र सुशासनमा जोड दिन सरकारलाई सुझाव दिएका छन् ।
उनले वैदेशिक लगानीमात्रै भित्र्याएर मुलुकको विकास र समृद्धिको कामलाई तीव्रता दिन सकिन्छ भन्ने सोच सही नभएको बताउदै प्रवक्ता श्रेष्ठले सरकार एक्लैको प्रयासले मात्रै मुलुकलाई समृद्ध बनाउन नसकिने पनि दोहो¥याए ।










प्रतिक्रिया दिनुहोस्