पोखरा, ३० जेठ । पोखरामा पानी ट्याङकीमा खसेर एक बालकको मृत्यु भएको छ ।
पोखरा ७ मासबारमा बस्ने निर्मला पौडेलको साढे तीन बर्षिय छोराको पानी ट्याङकीमा खसेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
छिमेकीको दिपक रेग्मीको बन्दै गरको घरमा दुई जना बच्चा पुगेको र भ¥याङ मुनी बनाएको पानी ट्याङकी खुल्ला हुदाँ बच्चा खस्न पुगेको स्थानीयले बताएका छन् ।
बच्चालाई पानी ट्याङकीबाट झिकेर पोखराको मेट्रो सिटि अस्पताल लैजादै गर्दा बाटोमानै निधन भएको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्