मकवानपुर, ३० जेठ । भिमफेदी गाउँपालिकाको भैसेसामरी पुल नजिकै कारले ठक्कर दिँदा एकको मृत्यु भएको छ ।
बुधबार राति काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको बा ७ च ३८४८ नम्बरको कारले हेटौँडाबाट भैसेतर्फ गइरहेको बा ४१ प ५३८१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा नेपाली सेनाका लेस नायकको मृत्यु भएको हो ।
सुपारेटार ब्यारेकका लेस नायक पदमा कार्यरत ३० वर्षीय विवेश तामाङको उपचारका क्रममा काठमाडौंको छाउनीमा स्थित सैनिक अस्पतालमा मृत्यु भएको हो ।










प्रतिक्रिया दिनुहोस्