समाचार

पहिरोमा पुरिएर दुई जनाको मृत्यु



मकवानपुर, ३१ जेठ । मकवानपुरमा सुख्खा पहिरो खस्दा पुरिएर दुईजनाको मृत्यु भएको छ ।

राक्सिराङ गाउँपालिका-८ टोड्केमा पहरा खनेर सडक निर्माण गर्न एक्साभेटरले सडक खन्ने क्रममा माथिबाट पहिरो खस्दा चितवन शक्तिखोरका २३ वर्षीय सुदीप श्रेष्ठ र धादिङका १७ वर्षीय रोशन बुढाथोकीको पहिरोमा पुरिएर मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मृतक दुबैजना स्काभेटर डोजरका सहयोगी हुन् । डोजरका चालक भने भागेर जोगिएको र पहिरोले पुरिएकाहरुको शव स्थानीय र प्रहरीले निकालीएको हो ।