समाचार

रामेछापमा बस दुर्घटना : २ जनाको मृत्यु, २० घाइते



रामेछाप, ३१ जेठ । काठमाडौँबाट रामेछापको लखनपुरको रिठ्ठेमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।

बिहीबार साँझ अरनिको कोशीपारि यातायातको बा २ ख ७२४२ नम्बरको बस दुर्घटना हुँदा रामेछाप दोरम्बा गाउँपालिका ६ लखनपुरका उद्धव गौतम र हरिबहादुर कार्कीको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको हो ।

बस लखनपुरको बरको रुख घुम्तीबाट करिब २ सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइते मध्ये ७ को अवस्था गम्भीर रहेको छ । उनीहरुलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।