काठमाडौँ, ३२ जेठ । लोकसेव तयारी विद्यार्थी संघर्ष समितिले लोकसेवा आयोगको स्थानीय निकायमा कर्मचारी भर्नाका लागि प्रकाशित विज्ञापन राजनीतिक चलखेलका कारण रोकिए देशमा भयावह परिस्थिती सिर्जना हुने चेतावनी दिएको छ ।
समितिले राजधानीमा शुक्रबार पत्रकार सम्मेलन गर्दै विज्ञापन रोकिए १० लाख युवा डिप्रेशनको शिकार हुने भन्दै त्यसबाट उत्पन्न परिस्थिति भयावह हुने चेतावनी दिइएको छ । समतिले ८७ हजार विद्यार्थीको भविष्यमाथि खेलवाड गरिए चुप नलाग्ने बताएको छ ।
योग्यता र क्षमतालाई पन्छाएर चाटुकारहरुलाई भर्ति गर्ने नियतका साथ विज्ञापन रोक्न खोजिएकाले आम युवा विद्यार्थीहरु सडक संघर्षमा ओर्लनसक्ने अवस्था आउन लागेको बताइएको छ ।
समितिले करारमा कर्मचारी नियुक्ति गर्ने खेलमा रोकिएको लोकसेवाको विज्ञापनले देशमा दुरगामी असर पार्न सक्ने मात्र नभई यो कदम युवाविरोधी हुने समेत बताएको छ । समितिले समावेशीको नाममा युवाको भविष्य अन्धकार बनाउन खोजिए आन्दोलनको आँधीबेहरी आउने चेतावनी दिएको छ ।
संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले दिएको निर्देशन असार ३ गतेभित्र पनि फिर्ता नभए आफूहरू सडक आन्दोलनलाई झनै चर्काउन बाध्य हुने चेतावनी दिएको छ । संघर्ष समितिले संविधानको भावनाविपरीत स्थानीय तहमा तत्कालका लागि करारमा कर्मचारी नियुक्त गर्ने संसदीय समितिको निर्देशन पनि राजनीतिक कार्यकर्तालाई पोस्ने गरी आएको निष्कर्ष निकाल्दै आपत्ति जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्