समाचार

ट्याक्सी दुर्घटना हुँदा एकको मृत्यु



बागलुङ, ३२ जेठ । बागलुङ जिल्लाको गलकोट नगरपालिकाको हटियादेखि गलकोट नगरपालिका–४ नुवाकोट जाँदै गरेको ट्याक्सी भेडीखोलामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

गएराति ध १ ज ५१३ नम्बरको ट्याक्सी दुर्घटना हुँदा मनबहादुर खत्रीको पोखरा स्थित मणिपाल शिक्षण अस्पतालमा शनिबार बिहान उपचारका क्रममा मृत्यु भएको हो ।

नुवाकोट निवासी सवारी धनी तथा चालक हुमबहादुर कुँवर र आयुष कार्की घाइते भएका छन् । उनीहरुको मणिपाल शिक्षण अस्पतालमा उपचार जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।