राजनीति

यसै वर्ष ‘सगरमाथा डाइलग’ आयाेजना हुने



काठमाडौँ, ३२ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले यही वर्ष नेपालमा ‘सगरमाथा डाइलग’ आयोजना गर्ने बताएका छन ।

युरोप भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले फ्रान्सको शामोनी–मो–ब्लाँमा आयोजित एक समारोहलाई सम्बोधन गर्दै उनले भने, ‘मोरिश हर्जो यो सहरका मेयर थिए । उनले अन्नपूर्ण १को सफलतापूर्वक आरोहण गरेर संसारलाई सन्देश दिएका थिए-८ हजार मिटरभन्दा अग्ला पर्वत पनि चढ्न सकिन्छ ।’

शामोनीका वर्तमान मेयर एरिक फुर्नियाले प्रधानमन्त्री ओलीको सम्मानमा स्वागत कार्यक्रम आयोजना गरेका थिए । उक्त कार्यक्रममा मिस नेपाल तथा हाल नेपाल(फ्रान्सेलीबीच दौत्य सम्बन्ध स्थापना भएको ७० औँ बार्षिकत्सवकी सद्भावना दूत शृंखला खतिवडाले समेत संबोधन गरेकी थीइन ।

उनले नेपालको जीवन्त संस्कृति र मनोरम दृश्यको आनन्द लिन नेपाल घुम्न आउन फ्रान्सेली साथीहरूलाई निम्तो समेत गरेकी छन । गत साता युरोपका ३ देशको भ्रमणमा रहेका प्रधानमन्त्री ओली स्वीजरल्यान्ड, बेलायत हुँदै फ्रान्स पुगेका छन  ।