काभ्रे, ३२ जेठ । धुलिखेलमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
शनिबार बिहान नगरपालिका-११ सिमलबोटस्थित बीपी राजमार्गमा भकुण्डेबाट धुलिखेल तर्फ आउँदै गरेको बा २ ख ४६७५ नम्बरको टिपर आफै अनियन्त्रित भई सडकबाट सय मिटर तल खस्दा चालक गोरखा गण्डक गाउँपालिका-६ का भूपेन्द्र रेग्मी मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक चालक रेग्मी सोही टिपरमा च्यापिएर रहेको अवस्थामा उद्दार गरी उपचारका लागि धुलिखेल अस्पतालमा ल्याउनेक्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।










प्रतिक्रिया दिनुहोस्