एजेन्सी, ३२ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जापानका प्रधानमन्त्री शिन्जो आबेकाबीच टेलिफोनमा कुराकानी भएको छ ।
शुक्रबार उनीहरुबीच दुई पक्षीय व्यापार तथा आपसी हितका बारेमा टेलिफोनमा कुराकानी भएको हो । प्रधानमन्त्री आबेसँग राष्ट्रपति ट्रम्पले कुराकानीका क्रममा यही जुनको अन्त्य तिर ओसाकामा हुन लागेको जी २० को शिखर सम्मेलनका बारेमा पनि कुरा गरेको बताइएको छ ।
ह्वाईट हाउसद्धारा जारी वक्तव्यमा भनिएको छ, “राष्ट्रपति ट्रम्पले इरानसँगको संवादका लागि पहल गरिदिनु भएकोमा आबेलाई धन्यवाद दिएका छन् ।” जापानी प्रधानमन्त्री आबेले यही हप्ताको सुरुमा इरानको भ्रमण गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्