काठमाडौँ, १ असार । बम विष्फोटमा घाइते भएका नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ताको निधन भएको छ ।
गएकाे जेठ १२ गते काठमाडौँमा भएको बम विष्फोटमा घाइते भएका रामकुमार श्रेष्ठको ओम अस्पतालमा उपचारका क्रममा शनिबार बिहान निधन भएको प्रहरीले जनाएको छ ।
यससँगै विष्फोटमा परी ज्यान गुमाउनेको संख्या ५ पुगेको छ । घाइते हरि खड्का र सुरेन्द्र महर्जनको ओम अस्पतालमै उपचार भैरहेको छ ।










प्रतिक्रिया दिनुहोस्