समाचार

ढिस्कोले पुरिएर एक किशोरीको मृत्यु



काठमाडौँ, १ असार । कैलालीमा एक किशोरीको ढिस्कोमा पुरिएर मृत्यु भएको छ ।

शनिवार घोडाघोडी नगरपालिका ४ जनकपुरकी घर लिप्नका लागि माटो खन्न गएकी १७ बर्षीया रेस्मा भण्डारीको मृत्यु भएको हो । रेस्माको माटो निकाल्दै गर्दा पुरिएर घटना स्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।