समाचार

आज गर्मी बढेसँगै दिउँसोपख पानी पर्ने



काठमाडौँ, १ असार । आज पनि हिजो जस्तै गर्मीसँगै दिउँसोपख देशको केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौँको आज दिउँसो तापक्रम बढेर ३३ डिग्री सेल्सियससम्म पुग्न सक्ने महाशाखाको अनुमान छ । त्यस्तै तराईका जिल्लाहरुमा तापक्रम ४३ डिग्री सेल्सियससम्म पुगेको छ ।

महाशाखाका अनुसार दिउँसोपख पूर्वी तथा पश्चिमी भेगमा सामान्य बदली हुने र मध्य क्षेत्र लगायतका केही ठाउँमा हावाहुरी सहित पानी पर्ने सम्भावना छ । यस्तै राती पनि मेघ गर्जन र हावाहुरी सहित वर्षाको सम्भावना छ ।