Banner News

यो सरकार बनेको जनताको मन दुखाउन होइन, हसाउन हो : प्रधानमन्त्री ओली



काठमाडौँ, १ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान नेकपा नेतृत्वको सरकार नेपाली जनताको मन दुखाउको लागि नभई मन मुहारमा हसाउन बनेको बताउनुभएको छ ।

साताब्यापी युरोप भ्रमण पूरा गरेर आइतबार स्वदेश फर्किएका ओलीले त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै कुनै पनि विधेयक तथा अन्य कुराहरु जनताको पक्षमा हुने बताउनुभयो । उहाँले कुनै कमजोरी भई जनतालई प्रत्यक्ष रुपमा असर पर्ने प्रकारका कुनै पनि विधेयक आएको भए सरकार त्यसलाई सच्याउन तयार रहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले गुठी विधेयक सच्याउने प्रतिवद्धता जनाउनुभएको छ । उहाँले भन्नुभयो, ‘धर्म संस्कृतिमा प्रतिकूल असर पर्ने केही कुरा जानेर वा नजानेर परेको रहेछ भने सरकारले सच्याउँछ । कही कतै नमिलेको रहेछ वा भुलबश भएको रहेछ भने मौका आयो भन्ठान्नु बेकार हो । यत्ति भन्न चाहन्छु ।’