राजनीति

कांग्रेस पनि कुलमानको विरुद्धमा : मिलेमतोमा भ्रष्टाचार तथा अनियमितता गरेको आरोप



काठमाडौँ, २ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभाका सांसद प्रकाश रसाईली ‘स्नेही’ नेपाल विद्युत प्राधिकरणमा ठूलो अनियमितता तथा भ्रष्टाचार भएको बताउनुभएको छ ।

आइतवार प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै सांसद रसाइलीले प्राधिकरण तथा उर्जामन्त्रालयको मिलेमतोमा ठूलो आर्थिक घाटा भइरहेको बताउँदै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ तथा तत्कालिन समयमा बनेको उर्जामन्त्री अध्यक्ष रहने समितिलाई तत्काल छानविन गरी देशको आर्थिक अवस्थालाई सुधारको बाटोमा अधि बढाउनुपर्ने बताउनुभयो । कांग्रेस सांसद रसाइली स्नेहीले विद्युत् प्राधिकरणले ठूला कम्पनीहरूलाई वितरण गरेको डेडिकेटेड लाइन वितरणमा ठूलो भ्रष्टाचार भएको आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो, ‘करिव डेढ दक अघि देश लोडसेडिङमा चुर्लुम्म डुवेको थियो । अर्थतन्त्र धरायसी हुँदै थियो तर राजश्व कमाउने प्रकृयामा थियो । उद्योगधन्दा कलकारखाना बन्द हुने परिस्थितीमा थियो । उक्त समयमा तत्कालिन सरकारले ठूला उद्योगहरुलाई डेलिकेटेड फिडर दिने आन्तरिक सहमति भएको थियो । उक्त लाईन चलाएबापत उद्योग तथा कलकारखानाले अतिरिक्त शुल्क तिर्नुपर्ने सहमति भएको थियो । डेडिकेटेड लाइन लिएवापतको विद्युत प्राधिकरण र उर्जामन्त्रालयले किन बाँकी ४ अर्व २९ करोड रुपैयाँ उठाउन सकेन ?’

मन्त्रालयलाई उक्त रकम उठाउनु भनेर निर्देशन दिएको तर हालसम्म उक्त प्रतिवेदन कहाँ छ ? भनि प्रश्न गर्दै उक्त प्रतिवेदन जनताको हातमा पुगिसेको बताउनुभयो । उर्जामन्त्रालय नेपालीको करबाट उठेको पैसा उद्योगी तथा व्यापारिसँग मिलेर राजश्व ठग्ने गरेको आरोप लगाउँदै उहाँले ट्याक्स नबुझाउने व्यापारिलाई कारवाही गर्नुको सट्टा संरक्षण गरेर स्वयम् मन्त्रालय र सञ्चालक समितिका अध्यक्ष मिलेर व्यापक हिनामिना भएको दावी गर्नुभयो ।

महालेखा परिक्षकले ९ अर्वको विल बख्यौदा तिर्न बाँकी रहेको देखाएको थियो । सोही सवालमा सार्वजनिक लेखा समिति समेत पटक पटक कुरा उठ््दै आएको छ । बैठक बस्ने समितिका सभापति भरत शाहको नेतृत्वमा यसै साता वस्ने समितिको बैठकले उपसमिति बनाई उक्त छानविन गर्ने तयारी समेत भइरहेको स्रोतले बताएको छ ।