समाचार

सर्पले डसेर एक बालिकाको मृत्यु



सर्लाही, २ असार । सर्लाहीमासर्पले डसेर एक बालिकाको मृत्यु भएको छ ।

आइतबार साँझ ईश्वरपुर नगरपालिका १२ कालिञ्जोरमा विषालु सर्पले डसेर स्थानीय सञ्जय दासकी चार वर्षकी छोरी लक्ष्मी दासको मृत्यु भएको हो ।

घरमै बसिरहेको समयमा सर्पले डसेकी बालिकालाई उपचारका लागि नवलपुर सर्पदंश उपचार केन्द्रमा ल्याउँदै गर्दा उनको मृत्यु भएको हो ।