समाचार

बझाङ जीप दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ९ पुग्यो



बझाङ, २ असार ।  बझाङमा जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

प्रहरीका अनुसार सदरमुकाम चैनपुर नजिकैको डुङ्रीबाट मष्टा गाँउपालिका जाँदै गरेको स १ ज १०७२ नम्बरको १३ जना सवार जीप डौठी भन्ने ठाँउमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ९ पुगेको जनाएको छ ।

घाइते ४ जनाको अवस्था गम्भिर रहेको छ भने घाइतेहरूको उद्वार भइरहेको छ । उद्धारका लागि प्रमुख जिल्ला अधिकारी सुरेश सुनार, प्रहरी नायब उपरीक्षक सूर्य बहादुर केसी लगायत नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी घटनास्थलतर्फ गएका छन् । घटनाबारे थप विवरण आउन बाँकी छ ।