राजनीति

त्रिवि सेवा आयोगमा ताला लगाउने १७ विद्यार्थी नेता पक्राउ



काठमाडौँ, २ असार । त्रिवि सेवा आयोगमा ताला लगाउने १७ विद्यार्थी नेताहरुलाई पक्राउ गरेको छ ।

सोमबार मुल गेटमा तालबन्दी गरेर आयोगका कर्मचारी र पदाधिकारीलाई कार्यालय प्रवेशमा रोक लगाएको भन्दै धर्नामा बसेका नेकपा माओवादी ९क्रान्तिकारी० निकट १७ जना विद्यार्थीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउका क्रममा प्रहरीले बल प्रयोग गर्दा काठमाडौं जिल्ला इन्चार्ज सुरेश श्रेष्ठसहित विद्यार्थी नेताहरु राम नेपाली र कुमार बर्तौला घाइते भएको जनाएको छ । अन्य पक्राउ पर्नेमा हरीकृष्ण गजुरेल, पेशल दाहाल, सुर्य कार्की, महेश श्रेष्ठ, जितेन्द्र लम्साल, शोभा सेन्चुरी, नरबहादुर कुमाल, सागर शाहीलगायका १७ जना रहेको छ ।

पक्राउ परेका उनीहरुलाई महानगरीय प्रहरी वृत्त कालीमाटीमा राखिएको छ ।