काठमाडौँ, ३ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई सम्वोधन कार्यक्रम तय भएको छ ।
विहान ११ बजेपछि संसद भवनमा बस्ने प्रतिनिधिसभाको बैठकलाई सम्वोधन गर्ने तयारी गर्नुभएको हो । विशेष गरी उहाले गुठी विधेयकका विषय संसदलाई जानकारी गराउने बताइएको छ । त्यस्तै प्रधानमन्त्री ओलीले सरकारले गरेका वर्तमान समयका कामकाज, युरोप भ्रमण तथा अन्य समसामयीक विषयमा भइरहेको गतिविधिको बारेमा संसदलाई जानकारी गराउने स्रोतले बताएको छ ।
नेकपाका अधिकांश नेताले सोमबार यथास्थितिमा विधेयक अघि बढाउनु भन्दा फिर्ता वा स्थगित गरी छलफल अघि बढाउन सुझाव दिएका थिए । काठमाडौं उपत्यकामा रहेका गुठीका हकमा भिन्नै र बाहिर रहेका गुठीका हकमा भिन्नै बुँदाले समेट्नुपर्नेमा सबैले जोड दिएका छन् ।










प्रतिक्रिया दिनुहोस्