काठमाडौँ, ४ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली साहित्य सिर्जनाले माटोको सुगन्ध प्रस्तुत गरी मुलुकको सामाजिक रुपान्तरणमा विशिष्ट स्थान दिनु गौरवको विषय भएको बताउनुभएको छ ।
मंगलबार शीतल निवासमा आयोजित नेपाल प्रज्ञा–प्रतिष्ठानको कविता महोत्सव, २०७५ का पुरस्कृत कविलाई पुरस्कार वितरण समारोहमा राष्ट्रपति भण्डारीले कविले नेपाल राष्ट्र र नेपाली जनताका भावनालाई आत्मसात् गरी साहित्यको माध्यमबाट देशलाई समृद्ध तथा विकसित गराउन महत्वपूर्ण भूमीका खेलेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “कविले विविध भाव, विचार, प्रकृति र संस्कृतिका साथै सामाजिक रुपान्तरणमा विशिष्ट स्थान दिनु गौरवको विषय हो । साहित्यिक पर्यटनका माध्यमबाट मुलुकलाई साहित्यकारले योगदानसमेत दिन सक्नेछन् ।”
समारोहमा विसं २०७५ को कविता महोत्वसमा प्रथम हुने फूलमान बल, दोस्रो सुनिता खनाल र तृतीय हुने मेनुका चापागाईं र एलिना दुलाललाई पुरस्कृत गरियो । तृतीय हुने अर्का कवि जीवन खत्री उपस्थित हुनुभएको थिएन । यसैगरी विसं २०७२ का प्रथम र दोस्रो हुने कवि क्रमशः प्रोल्लास सिन्धुलीय र सरस्वती राईको बाँकी पुरस्कार प्रदान गरिएको थियो ।










प्रतिक्रिया दिनुहोस्