काठमाडौँ, ४ असार । स्थानीय तहको लागि लोक सेवा आयोगले खोलेको बिज्ञापनमा दरखास्त दिने म्याद थपिएको छ ।
नलाइन सिस्टममा समस्या आएको कारण धेरैले फारम भर्न नपाएपछि सेवाग्राहीलाई परेको समस्यालाई मध्यनजर गरी १० गतेसम्म म्याद थपिएको र दोब्बर दस्तुर तिरेर १७ गतेसम्म दरखास्त दिन सकिने आयोगका सहायक प्रवक्ता देवीप्रसाद सुवेदीले जनाएको छ ।
दरखास्त दिने अन्तिम म्याद मंगलबारसम्म मात्र थियो । लोक सेवा आयोगले स्थानीय तहमा ९ हजार १६१ जनाको लागि भर्ना खोलेको छ ।










प्रतिक्रिया दिनुहोस्