राजनीति

सभापति देउवाद्वारा जिप दुर्घटनामा यात्रु बेपत्ता भएको घटनाप्रति दुःख व्यक्त



काठमाडौँ, ४ असार । हुम्लाको खार्पुनाथ गाउँपालिका–५ मा जिप कर्णाली नदीमा खस्दा त्यसमा सवार यात्रु बेपत्ता भएको घटनाप्रति नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन ।

सभापति देउवाले एक विज्ञप्तिमार्फत बेपत्ताहरुको तत्काल खोजी र उद्धारकार्यलाई तीव्रता दिन सरकारसँग आग्रह गरेका छन । मंगलबार दिउँसो भएको जीप दुर्घटनामा जीप कर्णाली नदीमा खस्दा त्यसमा सवार यात्रुहरु अहिले सम्म फेला परेको छैन् ।