बाँके, ४ असार । बाँकेमा साढे १८ किलो अफिम सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बुधवार विहान जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगञ्ज उपमहानगरपालिका–२२, पुरैनीबाट १८ किलो पाँच सय ग्राम अफिमसहित पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा भेरी नगरपालिका–९, खलंगा, जाजरकोटका २५ बर्षिय राजेन्द्र विश्वकर्मा, पूर्वी रुकुम पुथा गाउँपालिका–२ का ५९ बर्षिया शर्मिला मगर, नलगाढ गाउँपालिका–९ का २५ बर्षिया वीरबहादुर नेपाल, सोही ठाउँका ५० बर्षिय पृथ्वीबहादुर विश्वकर्मा र पञ्चपुरी नगरपालिका–९, खुर्सानीबारी, सुर्खेतका ५९ बर्षिय अम्मरबहादुर दराई रहेका छन् ।
पक्राउ परेका उनीहरुलाई ५ बजे पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने भएको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्