काठमाडौँ, ५ असार । त्रिभुवन विश्वविद्यालय एक डिनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित पक्राउ गरेको छ ।
बुधबार साँझ कीर्तिपुरको ट्याङलाफाटबाट विज्ञान तथा प्रविधी अध्ययन संस्थानका सहायक डिन प्राध्यापक डा. शम्भुप्रसाद पटेललाई ५० हजार रुपैयाँ घुससहित किर्तिपुरबाट पक्राउ गरेको हो ।
एक निजी कलेजको सम्बन्धनको नविकरण गरिदिने नाममा ५० हजार घुस लिंदै गर्दा अख्तियारको टोलीले पक्राउ गरेको जनाएको छ । घुस काण्डमा विश्वविद्यालयबाट पक्राउ गरिएका पटेल अहिलेसम्मकै उच्च अधिकारी हुन् ।










प्रतिक्रिया दिनुहोस्