Banner News

मन्त्रिपरिषद् पुनर्गठनबारे ठोस निर्णयमा पुगिसकेको छैनौं : अध्यक्ष दाहाल



पोखरा, ५ असार । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठनबारे प्रधानमन्त्रीसँग छलफल भइरहेको तर ठोस निर्णयमा पुगिनसकेको बताएका छन ।

बिहीबार पोखरामा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले आफू काठमाडौं फर्किएपछि फेरि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्ने बताउदै उनले भने, ‘ठोस निर्णयमा पुगिसकेको छैनौं ।’

अध्यक्ष प्रचण्डले पार्टी एकताका बाँकी कामलाई पूर्णता दिन आफू र अर्का अध्यक्ष ओलीबीच कुराकानी भइरहेको बताउदै भने, ‘म पनि अध्यक्ष भएकाले बजेटपछि सरकार केही न केही पुनर्गठन गर्नुपर्छ भन्ने कोणबाट छलफल भएको छ ।’

पार्टी र सरकार सञ्चालनबारे भएका सहमतिका सन्दर्भमा आफूले बोलेका विषयलाई गलत ढंगले प्रचार भइरहेको भन्दै उनले भने, ‘मेलै भनेर सुरु भयो जसरी प्रचार भएको छ, यो सत्य होइन । मैले बोल्नुभन्दा पहिले सार्वजनिक भएका थिए ।’