काठमाडौँ, ५ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नेतृ तथा प्रतिनिधिसभाको सांसद मनाकुमारी जिसीले रेल, पानीजहाज, सुरुङ मार्ग लगायतका राष्ट्रिय गौरवका आयोजनाहरु प्रधानमन्त्री केपी शर्मा ओलीको मात्र सपना नभई अब देशको नै सपना भएको बताउनुभएको छ ।
बुधवार संघिय संसदमा विशेष समयमा बोल्दै सांसद जिसीले राम्रो कामलाई राम्रो तथा नराम्रो कामलाई नराम्रो भन्न प्रतिपक्षी दलले सिक्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘सरकारले केही पनि गरेन, केही पनि भएन भन्नेले राम्रो काम भएकोलाई त राम्रो भएको हो भन्नु पर्छ, त्यो प्रतिपक्षी दलको धर्म हो ।’
राष्ट्रिय गौरवका आयोजनाहरुलाई घनिभूत रुपमा सफलतापूर्वक सम्पन्न गराउन जनप्रतिनिधि, राज्यका सम्पूर्ण सम्बन्धीत निकाय तथा सम्पूर्णको नागरिकको ध्यान केन्द्रीत गर्दै सफल बनाउनुपर्नेमा जोड दिँदै सांसद जिसीले भौतिक मन्त्रालयको बजेटलाई कार्यान्यवन गर्दा १५औं दिर्घकालिन सोच, उद्देश्य, रणनीति, कार्यनीति र मानवविकास तथा अन्य आर्थिक र सामाजिक विकासको सूचङ्कलाई अनुमानित लागत, भौतिक विकटता, जनघनत्व जस्ता पक्षलाई आधार लिएको दावी गर्नुभयो ।
मन्त्रालयले विकासको लागि केही जिल्लाहरुमा बजेट विनियजन गर्दा अत्याघिक कम रहेकोमा मन्त्रालयले कार्यान्वयन तथा भावि दिनमा विशेष ध्यान दिनुपर्नेमा जोड दिँदै सांसद जिसीले संघिय सरकारले राष्ट्रिय गौरवको आयोजनालाई विशेष जोड दिएको बताउनुभयो ।
हुलाकी राजमार्ग, मध्य पहाडी पुष्पलाल लोकमार्ग, मदनभण्डारी राजमार्ग, रेल तथा जल मार्गलगायतलाई बजेटले उच्च प्राथमिकता दिएको बताउँदै उहाँले रणनीतिक पुल निर्माण, सडक पुर्वाधार विकास, राजमार्ग स्तरउन्नतीलगायतलाई बजेटले समेटेको जसलाई सवैले मनन् गर्नुपर्ने बताउनुभयो । तराई मधेस सडक पूर्वाधार कार्यक्रम जस्तै हिमाल पहाड विशेष कार्यक्रम पनि ल्याउनुपर्ने बताउँदै उहाँले बजेट ल्याएर मात्र हुँदैन, कार्यान्वयव प्रभावकारी हुनुपर्नेमा जोड दिनुभयो ।
सूचना प्रविधिको उचित प्रयोग गर्दै नेपालमा भरपुरमात्रामा प्रयोग गर्नुपर्नेमा जोड दिँदे सांसद जिसीले सरकारले देशलाई उज्यालो बनाउने अभियान शुरु गरेसँगै कोही पनि नेपालीहरु अव अध्यारोमा नपर्ने बताउनुभयो ।
प्रधानमन्त्री रोजगार कार्यक्रमले लाखौं नेपालीलाई रोजगारीको सिर्जना गरेको र आगामी दिनमा अझ बढी व्यवस्थित र योजनाबद्ध रुपमा अघि बढाउनुपर्नेमा जोड दिँदै उहाँले कृषिलाई आधुनिकीकरण गरी देशमा भएको उत्पादनलाई बजारिकरण तथा विदेश निर्यात गर्ने वातावरण सिर्जना गर्नुपर्ने बताउनुभयो । उहाँले निर्माणधिन योजनामा अनुगमन, निरिक्षण, निर्देशन, श्रमिको उचित व्यवस्थापन, आवश्यक सामाग्रीको व्यवस्था, श्रमिकको मान, सम्मान र सुरक्षा गर्नुपर्नेमा समेत जोड दिनुभयो ।










प्रतिक्रिया दिनुहोस्