राजनीति

‘विप्लव’का ५ नेता पक्राउ



काठमाडौँ, ५ असार । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वका ५ जना नेतालाई काठमाडौँबाट प्रहरीले पक्राउ गरेको छ ।

बुधबार महानगरीय अपराध महाशाखाको टोलीले नेकपाका दोलखा जिल्ला इन्चार्ज यादव दाहाल, रामेछाप जिल्ला इन्चार्ज ककुलदीप तामाङ, सचिव निशान जिरेल, अखिल क्रान्तिकारीका ताम्सालिङ इन्चार्ज मुकुन्द र उदयपुर जिल्ला इन्चार्ज विकासलाई पक्राउ गरेको हो ।