विश्व

विश्वकप क्रिकेट : बंगलादेशलाई हराउँदै अष्ट्रेलिया शीर्ष स्थानमा



काठमाडौँ, ६ असार । एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा साविक विजेता अष्ट्रेलिया अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

बिहीबार अष्ट्रेलियाले दिएको ३८२ रनको लक्ष्य पछएको बंगलादेशले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३३३ रन बनायो । बंगलादेशलाई ४८ रनले पराजित गरेपछि इंग्ल्यान्ड र न्युजिल्यान्डलाई पछि पार्दै अष्ट्रेलिया शीर्ष स्थानमा उक्लिएको हो ।

योसँगै अष्ट्रेलिया ६ खेलमा ५ मा जित र १ मा हारकासाथ शीर्ष स्थानमा उक्लिएको छ । ५ खेलमा ४ मा जित निकालेको न्युजिल्यान्ड ९ अंकका साथ दोस्रो स्थानमा छ । ५ खेलमा ४ मा जित र १ मा हार ब्योहोरेको घरेलु टोली इंग्ल्यान्ड तेस्रो स्थानमा छ । ४ खेलमा ३ मा जित निकालेको भारत चौथो स्थानमा रहेको छ ।