समाचार

रुखबाट खसेर एक जनाको मृत्यु



पोखरा, ६ असार । पोखरामा रुखबाट खसेर एक जनाको मृत्यु भएको छ ।

शुक्रबार बिहान पोखरा महानगरपालिका–२१ कृष्तीमा रुखमा चढेर घाँस काट्ने क्रममा खसेर ५२ वर्षीय शिव प्रसाद सुवेदीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुवेदीलाई उपचारको लागि मेट्रोसिटी अस्पताल पु¥याउनसाथ मृत्यु भएको प्रहरीले जनाएको छ ।